कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा जोड

विराटनगर १८ असार । कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग आज आयोजना गरेको कार्यक्रममा बीमा नीतिमा जोड दिईएको हो । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया तथा छलफल गरिएको हो । प्राधिकरण […]

कोशी प्रदेश : ६ वर्षमा चार हजार छ सय १४ किलोमिटर सडक निर्माण

विराटनगर १७ असार । सुकुलबाट स्थापना भएको कोशी प्रदेश सरकारले विकासको गतिलाई निरन्तर रुपमा अघि बढाउँदै लगेको छ । सङ्घीयता स्थापना भएको थोरै समयमा १४ जिल्लाका सदरमुकामसँग सडक सञ्जाल निर्माण गर्न सफल भएको प्रदेश सरकारप्रति जनताको आशाभरोसा तथा विश्वास बढ्न थालेको छ । जनताको अटुट विश्वास र भरोसालाई तोड्न नदिन प्रदेश सरकारले जनतालाई महसुस हुने […]

ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर १६ असार । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल […]

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर १७ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब […]

कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको खुलासा

विराटनगर १६ असार । कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको पाइएको छ । कोशी प्रदेशले बनाएका ऐनको अध्ययन र समिक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उक्त तथ्य सार्वजनिक भएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समिक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानून संकायलाई […]