एनवाईइएफ विराटनगर : अध्यक्ष सिग्देलको कार्यकाल उद्यमशीलता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा सक्रिय

विराटनगर १४ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) विराटनगर च्याप्टरले पछिल्लो एक वर्षमा उद्यमशीलता प्रवद्र्धनसँगै नेतृत्व विकास, ज्ञान आदान–प्रदान, सामाजिक उत्तरदायित्व तथा नेटवर्क विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै विविध कार्यक्रम सञ्चालन गरेको जनाएको छ। बुधबार साँझ विराटनगरमा आयोजित वार्षिक साधारणसभामा सन् २०२५ का अध्यक्ष सञ्जीव सिग्देलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार च्याप्टरले वर्षभरि उद्यमशीलता प्रवद्र्धन र […]

कोशी प्रदेशका ७ जिल्लामा कराँतेका प्रशिक्षक शुन्य, झापामा मात्रै १२ जना !

विराटनगर १३ साउन । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ । प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनु पर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै त कतै शून्य देखिएको  हो । कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्डमातहतका जिल्ला खेलकुद समितिका निर्देशनमा खटिने प्रशिक्षकको संख्या कुनै […]

कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख र घाइते तथा आगजनी पीडितलाई ५०–५० हजार दिने

विराटनगर १३ साउन । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ राहत दिने भएको छ । साउने सोमबारको बोलबम यात्राका लागि भन्दै आईतबार राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा रहेको समयमा देवानगञ्ज ३ कप्तानगञ्जमा दुई समुदायवीच भएको झडपका क्रममा गोली लागेर २४ बर्षिय ओमप्रकाश मेहताको ज्यान गएको […]

मुख्यमन्त्री कार्कीकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

विराटनगर १३ साउन। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको आह्वानमा आज प्रदेशमा सर्वदलीय बैठक आह्वान गरिएको छ। सुनसरीमा भएको घटनाका विषयमा लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभएको छ। आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो। बैठकमा सुरक्षा निकाय सहित […]

विराट स्पोर्ट्स जाेनमा गो-कार्ट किड्स च्याम्पियनसीप

विराटनगर १२ साउन । विराट स्पोर्ट्स जाेन विराटनगर ३ मा गो-कार्ट किड्स च्याम्पियनसीपकाे आयोजना गरिएको छ । भाइरल इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र द विज्ञापनको संयुक्त आयोजनामा भएको गो-कार्ट किड्स च्याम्पियनसीपमा बालबालिकाकाे उत्साहजनक सहभागिता रहेको थियाे । बालबालिकाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा जुनियर तर्फ अनुभव खनाल र सिनियर तर्फ सौर्य सिग्देल विजयी भएका […]