नेपाल ग्रामीण विकास समाज केन्द्रमा दहि चिउरा खाने कार्यक्रम

विराटनगर १५ असार । नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरले आज ज्येष्ठ नागरिकहरुलाई दही चिउरा खुवाएको छ । असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा समाज केन्द्रले विराटनगरका ज्येष्ठ नागरिकहरुलाई दहि चिउरा खुवाएको हो । कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले धान संस्कृति, परम्परासँग जोडिएको बताउनुभयो । किसानलाई […]

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाैं : मुख्यमन्त्री कार्की

विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले राष्ट्रिय धान दिवस तथा असार १५ को शुभकामना दिँदै पछिल्लो समयमा खेतीयोग्य जमिन बाझो हुनुले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्नुभएको छ। नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै धान रोपाइँ, असारे […]

सिंचाइको उचित प्रबन्धले धनपालथानका किसानलाई राहत

धनपालथान– मोरङको धनपालथानका धेरै जनसंख्या कृषि पेसामा संलग्न छन् । कृषि पेशामा नयाँ-नयाँ प्रविधि भित्रिएसँगै किसानहरु कृषि पेशामा नै निर्भर रहेका छन् । धनपालथानका कृषकहरु पनि आधुनिक कृषि प्रणाली अपनाएर अहिले कृषि व्यवसाय गर्दै आएका छन् । केहि समय अगाडि धनपालथानका किसानहरु सिँचाई  सुविधा नभएका कारण आधा हिस्सा ओगटेको कृषि व्यवसाय पनि संकटमा पर्दै गएको थियो ।गाउँपालिका […]

विराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी

विराटनगर १५ असार । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्देश्यका साथ विराटनगर जलवायु सिकाइ गोष्ठी सम्पन्न भएको छ । दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा आईतबार एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले […]

मदन भण्डारीको ७५ औ जन्म जयन्तीमा एमाले विराटनगर ४ द्धारा रक्तदान

विराटनगर १४ असार । नेकपा एमाले विराटनगर ४ ले मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रेडक्रस सोसाईटी विराटनगरसँगको प्राविधिक सहयोगमा विराटनगर कञ्चनबारीमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेको वडा कमिटी अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगर उपप्रमुख शिल्पानिराला कार्की, […]