कोशी प्रदेशमा १६ औं गणतन्त्र दिवस भव्य मनाईने

विराटनगर ९ जेठ । कोशी प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ । मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ १४, १५ र १६ गते गरि तीन दिन सम्म दिवस मनाईने निर्णय गरेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते […]

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गतेलाई आह्वान

विराटनगर ८ जेठ । कोशी प्रदेशसभाको दोश्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आह्वान गर्न सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आगामी जेठ १४ गते प्रदेशसभा आह्वान गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नै प्रदेश प्रमुख खापुङलाइ जानकारी गराउनु भएको मुख्यमन्त्रीको सचिवालयले […]

धरानको खानेपानीको समस्याको दीर्घकालिन समाधान गरिने

विराटनगर, ८ जेठ । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वो लिम्वुले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान आगामी नीति तथा कार्यक्रममा मार्फत गरिने बताउनु भयो । मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्र्याैदा सम्बन्धी छलफल कार्यक्रममा उहाँले त्यस क्षेत्रको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान बजेटमार्फत गरिने स्पष्ट पार्नु भयो । मन्त्री […]

कोशी प्रदेश सरकार छाड्नका लागि पार्टीले संकेत गरेको छैन : मन्त्री लिम्वू

विराटनगर ७ जेठ । कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला तावा लिम्वूले सरकार छाड्नेबारे पार्टीले कुनै संकेत नगरेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकारमा रहने वा नरहनेबारे आफुलाई कुनै जानकारी तथा संकेतहरु नआएको उहाँको भनाई छ । आईतबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ सरकार छाड्ने वा सरकारमा रहने […]

सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य शर्त : मुख्यमन्त्री कार्की

विराटनगर, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य शर्त रहेको बताउनु भएको छ । कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटवाट भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालयद्वारा रु चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीन तल्ले नव निर्मित वडा प्रहरी […]