श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

विराटनगर २० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको […]

सरकार सहमतीको आधारमा पाँच बर्ष सञ्चालन हुने : मन्त्री किराती

विराटनगर १७ भदौ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बर्तमान गठबन्धन सरकार सहमतीको आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामको आधारमा वर्तमान सरकार अक्षरस सहमती पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दावी गर्नु भयो […]

कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने

विराटनगर १७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने […]

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित

विराटनगर १५ भदौ । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । यही भदौ ७ गते […]

माओवादीले विराटनगरमा मार्च पाससहित अभियान सुरु गर्ने, प्रदेशका सबै वडामा अभियान उद्घाटन हुँदै

विराटनगर, १५ भदौ । नेकपा (माओवादी केन्द्र)ले भदौ १६ गते (शनिबार) बिहान ७ बजे मार्च पाससहित तीन महिने अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)का अनुसार शनिबार बिहान ७ बजे विराटनगरको बजारमा मार्चपाससहित अभियान उद्घाटन गर्न लागिएको हो । माओवादीले भोली देशरभका सबै वडामा एकैपटक तीन महिने अभियानको […]