ग्रामथानको अध्यक्षका लागि एमालेमा ११ आकांक्षी

विराटनगर ७ कात्तिक । आगामी मंसिर १६ गते मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमालेमा ११ जना आकांक्षी देखिएका छन् । गत स्थानीय तह निर्वाचिनमा अध्यक्षमा पराजित पूर्व गाउँपालिका अध्यक्ष सहित ११ जना आकांक्षी देखिएका हुन । आज ग्रामथान २ झोराहाटमा बसेको पालिका कमिटी बैठकमा पूर्व अध्यक्ष शिवनारायण माझी, तुलशीराम विश्वास, कृष्णकुमार […]

सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ

विराटनगर, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताएका हुन् । ‘दुईवटा प्रमुख […]

विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

विराटनगर ७ कात्तिक । प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने […]

सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गर्यो : पूर्व प्रधानमन्त्री भट्टराई

विराटनगर ५ कात्तिक । नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाउनु भएको छ । आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्काे व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । पोखरामा सोमबारदेखि सुरू भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष […]

विराटनगर जुट मिल्स सहित ८ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरु

विराटनगर ५ कात्तिक । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद […]