विराटनगरको एभरेष्ट स्कुलमा नमूना संयुक्त राष्ट्रसंघको सभा शुरु

विराटनगर २१ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास शुरु भएको छ । तीन दिन सम्म सञ्चालन गरिने नमूना संयुक्त राष्ट्रसंघ सभाको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले शुभारम्भ गर्नुभयो । सामाजिक विकास मन्त्री राईले द्वन्द्वका समयमा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने गरेको बताउनुभयो । विश्वका विभिन्न देशहरुमा अहिले युद्ध […]

झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । […]

३.९६ जिपीए सहित कान्तिपुर कलेज विराटनगरका राजनारायण बने नेपाल टप

विराटनगर २० साउन । विराटनगरको कान्तिपुर कलेजमा अध्ययनरत राजनारायण महतोले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को कक्षा १२ को परिक्षामा नेपाल टप गरेका छन् । कान्तिपुर कलेजबाट २०८१ सालको कक्षा १२ को एनइबीको परिक्षामा सहभागी विद्यार्थी मध्ये विज्ञान संकायका महतो ३.९६ जीपीए ल्याएर नेपाल टप गरेका हुन । कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले कान्तिपुरका विद्यार्थी राजनारायणले […]

बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री

विराटनगर २० साउन । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ गराउनुभयो । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले […]

कक्षा १२ को नतिजा : ६१.१७ प्रतिशत उत्तीर्ण

विराटनगर १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ […]