११ महिनामा कोशीको बजेट खर्च २१ अर्ब

विराटनगर ४ असार । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्म २० अर्ब ११ करोड बजेट खर्च गरेको छ । यो कुल बजेटको ५७ प्रतिशत हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । मध्यावधि समीक्षामा भने चालु आर्थिक वर्षको बजेट […]

सात वर्षमा प्रदेश सरकारले पूर्वाधार निर्माणमा फड्को मार्यो : मन्त्री राई

विराटनगर ३ असार । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधार संरचना निर्माणले फड्को मारेको बताउनु भएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ कोशीद्वारा आज विराटनगरमा आयोजित ‘सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्धी बहस कार्यक्रमको उद्घाटन गर्दै उहाँले […]

बजेट यथार्तपरक र सन्तुलित : मन्त्री मगर

विराटनगर २ असार । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ल्याईएको बजेट यथार्तपरक र सन्तुलित रहेको बताउनु भएको छ । कोशी प्रदेश सरकारले आईतबार प्रदेशसभामा पेश भएको बजेटबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले वजेट यथार्तपरक र सन्तुलित रहेको बताउनु भएको हो । पत्रकार सम्मेलनमा […]

कोशीको बजेट ३५ अर्ब ८७ करोड (पूर्णपाठ सहित)

विराटनगर १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट […]

भिजिट भिषा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति : प्रचण्ड

विराटनगर ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिषा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति गर्न बाध्य भएको बताउनु भएको छ । विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानी गर्दै अध्यक्ष दाहालले निजामति कर्मचारी सेवा र शिक्षा ऐन संसदबाट छिटो पारित गर्नुपर्ने लगायतको विषयले सहमति गर्नुपरेको बताउनुभयाे । अहिलेको यो सहमतिले भिजिट भिषाको सम्बन्धमा […]