सहकारीका अगुवालाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण

दमक २६ जेठ । एन्जल फाउण्डेसन उर्लाबारीले सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । जीवित नै अस्पतालसम्म पुर्‍याउन सक्दा मात्र उपचार सम्भव हुने भन्दै फाउण्डेसनले झापाको दमकमा एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा करिब दुई सय सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरुको सहभागिता थियो । […]

जीवन विकास सामुदायिक अस्पतालको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

विराटनगर २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ । मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउनु भएको हो । […]

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना

विराटनगर १९ जेठ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताउनुभयो । उहाँले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको […]

दुई अर्वको लागतमा दुई सय शैय्याको जीवन विकास सामुदायिक अस्पताल तयार

विराटनगर १९ जेठ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ ।मोरङ जिल्लाको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा रु दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयाजित पत्रकार सम्मेलनमा सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा […]

जनताले अनुभूति गर्ने गरि स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गरिने छ : मन्त्री पौडेल

विराटनगर १० जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति जनताले गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ , नेपाल रेडक्रस सासाईटी , मोरङ र लायन्स क्लव अफ विराटनगरद्वारा शनिवार मोरङको धनपालथान गाउँपालिका – ३ सोराभागस्थित शिवशक्ति माविमा आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै […]