विराटनगर महानगरका मेयर कोइराला मलेसिया प्रस्थान

विराटनगर, ३ असोज । सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । तीन दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । […]

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण

विराटनगर, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा […]

प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन

विराटनगर, ३ असोज । प्रजातन्त्र सेनानी एवं समाजसेवी तोरेन्द्रमान सिंह प्रधानको आज निधन भएको छ । श्वासप्रश्वास समस्याबाट ग्रसित प्रधानको ९३ वर्षको उमेरमा आज अपरान्ह निधन भएको हो । राणा विरोधी २००७ सालको जनक्रान्तिमा सहभागी प्रधान संस्कृति विद पनि हुनुहुन्थ्यो । क्षयरोग निवारण संघ मातृकाप्रसाद कोइरालापछि दुईपटक अध्यक्ष हुनु भएका प्रधान गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष, […]

राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो दिएनन्

विराटनगर, ३ असोज । राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो नदिएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् । ब्लु डायमण्ड सोसाईटीले विराटनगरमा आयोजना गरेको यौनिक तथा लैंगिक अल्फसंख्यक समुदायका मुद्दाहरु सम्बन्धी अन्तक्र्रिया कार्यत्रममा सहभागिहरुले राजनैतिक दलहरुले अन्य समुदायको अधिकार सुनिश्चितता गर्ने मुद्धाहरु उठान गर्ने तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको कुनै पनि मुद्धालाई वेवास्ता गर्ने […]

प्रदेश १ मन्त्रिपरिषद् बैठक : शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने निर्णय

विराटनगर, ३१ भदौ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, […]