‘नो नट अगेन’को पक्षमा सर्वाेच्चको अन्तरिम आदेश

विराटनगर, २४ कात्तिक । सर्वाेच्च अदालतले सामाजिक सञ्जालमा सञ्चालित नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि २० कात्तिकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । उम्मेदवारविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै […]

महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।सार्वजनिक सुनुवाईमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, सडक निर्माण, सुशासन, आर्थिक पारशर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका थिए । उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाईलगायतका विषयमा जिज्ञासा राख्नुभयो । उहाँले तत्कालीन, […]

विराटनगर–८ का ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ । स्वास्थ्य […]

मोरङ ४ (क) मा एमालेका जयप्रकाशप्रति जनलहर बढ्दै

विराटनगर २४ कात्तिक । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारले घरदैलो, मतदाता भेटघाट, कोणसभा, टोलसभालाई तीव्र बनाएका छन् । निर्वाचनका लागि प्रचार प्रसारको समय मंसिर १ गते राती १२ बजे सम्म मात्रै छ । यतिबेला उम्मेदवारले आफ्ना अभियानलाई तीव्र बनाएका छन् । मोरङ क्षेत्र नं. ४ (क) मा एमालेबाट उम्मेदवारी दिएका जयप्रकाश […]

मोरङ ४ (ख) का उम्मेदवार घिमिरेको चुनावी अभियान आक्रामक बन्दै

विराटनगर २१ कात्तिक । मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन ।एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएकाबेला […]