विराटनगरका अटोमोवाइल्स व्यवसायीहरु आन्दोलित

विराटनगर, २२ मंसिर । अटोमोवाइल्स व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन विराटनगर र नाडा अटोमोवाईल्स एसोसिएशन नेपालले विराटनगरस्थित महेन्द्र चौकमा आज धर्ना दिएका हुन् । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि […]

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार

विराटनगर, २२ मंसिर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताउनु भएको छ । पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उहाँले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताउनुभयो । ‘कसैको पनि बहुमत आएन । अस्थिरताको चिन्ता बढेको छ । यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर […]

लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया

विराटनगर २२ मंसिर । मोरङका जनप्रतिनिधिहरुसँग लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागिता अभिबृद्धि सम्वन्धि अन्तरक्रिया आज विराटनगरमा सम्पन्न भएको छ । इन्टरनेशनल फाउण्डेशन फर इलेक्टोरल सिस्टम ( आईएफइएस) नेपालसँगको साझेदारीमा दलित महिला केन्द्र नेपाल ( सीडिडब्ल्युएन) ले मोरङका ९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसँग लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जीईएसआई) सम्बन्धी अन्तरक्रिया […]

कांग्रेसमा अन्तर्घात गर्नेको विवरण १५ पुसभित्र पठाउन निर्देशन

विराटनगर १८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा […]

७ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चेयर वितरण

विराटनगर १८ मंसिर । ३१ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विराटनगरमा ७ जनालाई व्हील चेयर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७ जना व्यक्तिहरुलाई व्हील चेयर वितरण गरिएको हो । व्हील चेयर वितरण कार्यक्रममा विराटनगर महानगरपालिका उपसचिव दुर्गाप्रसाद खतिवडा व्हील चेयर सहयोग गर्ने बाल अपाङ्गता टेवा संस्था अध्यक्ष डेन्डी शेर्पा, विराटनगर […]