तेजस्वीमा रक्तदान

विराटनगर, १४ जेठ । विराटनगर ५ त्रिमूर्ती चौकको तेजस्वी वचत तथा ऋण सहकारी संस्थामा आज खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।सहकारीको कार्यालय परिसरमा तेजस्वी सहकारी र हाम्रो क्लवको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्वर ५ का अध्यक्ष सन्तोष न्यौपाने, सहकारी […]

जिफण्ट प्रदेश १ अध्यक्षमा पुनः धमला

विराटनगर, १४ जेठ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा पुनः किशोर धमला निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको जिफण्टको प्रथम अधिवेशनबाट धमला दोस्रो कार्यकालको लागि पुनः निर्विरोध निर्वाचित भएका हुन् । जिफण्टको उपाध्यक्षमा शशीकुमार राई, सचिवमा सुर्यप्रसाद खवास निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सुश्मिता चौधरी, हरि राई, […]

विराटनगर महानगरपालिकाको कार्यपालिका २९ सदस्यीय हुने

विराटनगर, १४ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका २९ सदस्यीय हुने भएको छ । विराटनगरमा १९ वटा वडा छन् । कार्यपालिकामा रहनेमध्ये मेयर र उपमेयर तथा १९ वडाध्यक्ष गरेर २१ जना वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेका छन् । त्यसबाहेक ८ जना कार्यपालिका सदस्य निर्वाचनमार्फत चयन हुने छन् । कार्यपालिका सदस्य चयनका लागि जेठ […]

एभरेष्ट स्कूलको हेड ब्वाय र हेड गर्लमा ईशल र श्रीज्योनी विजयी

विराटनगर, १३ जेठ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी भएका छन् । आज स्कलमा भएको निर्वाचनको मतपरिणाम अनुसार ईशल ९२८मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित भएका हुन भने श्रीज्योनी ५२५ मतका साथ विजयी भएका हुन् । स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर […]

मूल्यबृद्धि विरुद्ध एमाले निकट यूवा विद्यार्थीद्धारा आयल निगम कार्यालय अगाडी प्रदर्शन

विराटनगर, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यवृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर अगाडी युवा संघ विराटनगर महानगर कमिटी र अनेरास्ववियु मोरङ जिल्ला कमिटी आबद्ध युवाहरुले बढ्दो मूल्यवृद्वि विरुद्ध प्रदर्शन […]