विराटनगर २१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल उद्योग परिसंघद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले महिला उद्यमीलाई प्रदेश सरकारले दुई देखि छ वर्षसम्म व्याज अनुदानमा १२ बैकमार्फत छ प्रतिशत व्याजमा कर्जा उपलव्ध गराउने व्यवस्था […]
विराटनगर २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको आँखा जाँच शिविरमा ९५ जनाको आँखा परीक्षण गरिएको छ । विराटनगर आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा मोरङका पत्रकारका लागि आईतबार आयोजित शिविरमा परीक्षण गराएका मध्ये ४ जनाको थप उपचारका लागि अस्पतालमा भर्ना हुन भनिएको छ । विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ […]
विराटनगर २० वैशाख । नेपाल पत्रकार महासंघ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तीन जना अग्रज पत्रकारहरुलाई सम्मानित गरेको छ । ६० वर्ष नाघेका अग्रज पत्रकारहरुलाई महासंघ मोरङले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्मान गर्दै आएको छ । यस बर्ष पत्रकारहरु केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मान गरिएको हो । पत्रकारहरुलाई […]
विराटनगर १७ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामचोकले एक दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेकाे छ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित जीवन विकास पार्क कमलपुरमा आयोजित एक दिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बुधवार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद योगेन्द्र प्रसाद मण्डलले लघुवित्त […]
विराटनगर १७ वैशाख । विराटनगर जुट मिल्सको स्वामित्वमा रहेको जग्गा खाली गराउने सरकारको तयारीप्रति स्थानीयले विरोध जनाएका छन् । संघीय सरकारको नीतिअनुसार अनधिकृत बसोबास हटाउने प्रक्रिया अघि बढेपछि वर्षाैंदेखि त्यहाँ बस्दै आएका परिवारहरू आक्रोशित भएका हुन् । बुधबार विराटनगरको हाटताली हाटमा भेला भएका स्थानीयले उचित विकल्प नदिई आफूहरूलाई हटाउन नमिल्ने बताएका छन् । उनीहरूले दशकौँदेखि […]