दशैंले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रेरणा मिलोस् : मुख्यमन्त्री कार्की

विराटनगर १६ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले आज टीकाको शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधताले आत्मसात गर्दै आएको पर्वले राष्ट्रिय […]

गौरीबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गर्न नेकपा एमाले कोशीको माग

विराटनगर १४ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ को घटना सम्बन्धि जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गर्न नेकपा एमाले कोशीले माग गरेको छ । अध्यक्ष कार्कीलाई जिम्मेवारीबाट मुक्त गरि निष्पक्ष र तटस्थ व्यक्तिहरु आयोगमा नियुक्त गर्न माग गरिएको हो । कार्कीले अध्यक्ष बन्नुअघि नै सबैजसो विषयमा निष्कर्ष निकाल्दै […]

आज महाअष्टमी

विराटनगर १४ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ […]

सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

विराटनगर १३ असोज । घुस खाएको आरोप लागेका सवारी परीक्षण कार्यालय, सुनसरी इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा गर्ने लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेको हो । कार्यालय प्रमुख देव र […]

झुम्का कारागारबाट फरार ५० जना कैदी धरानबाट पक्राउ

विराटनगर १२ असोज । भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताउनुभयो । पक्राउ पर्नेमा धरान–१५ का […]