हिन्दुवादी अभियान चर्किने ,अभियान निकै बलियो भएको दावी

विराटनगर,२२ असोज । धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । मंगलबार विराटनगरका धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु र अभियानहरु […]

इलामका बाढी-पहिरो पीडितका लागि प्रदेश सरकारले पठायो राहत सामग्री

विराटनगर २१ असोज । कोशी प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश सरकारले राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाईएको उहाँले बताउनुभयो । प्रदेश सरकारले दैनिक उपभोग्य […]

बाढी पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

विराटनगर २० असोज । शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरी र मोरङमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

इलाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुग्यो

विराटनगर १९ असोज । शनिबार रातिदेखिको अविरल वर्षासँगै इलाममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपराह्न १ बजेसम्म ३७ जनाको मृत्यु भएको सूचना प्राप्त जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सूर्याेदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका ६ घोसमा ६ जना, माङ्सेवुङ गाउँपालिका […]

मोरङमा डुवानका कारण ३८६ घरका १ हजार ५६८ जना प्रभावित

विराटनगर १९ असोज । मोरङमा आज विहानै देखिको अबिरल बर्षाका कारण करिव ४ सय घरपरिवार प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुशार हाल सम्म अविरल बर्षाका कारण खोला कटान र डुवानबाट ३८६ घरपरिवारका १ हजार ५६८ जनालाई स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएकाहरुलाई स्थानीय विद्यालय, प्याक्ट्री, आफन्त लगायतको घरमा राखिएको छ । विराटनगर […]