विराटनगर १२ असोज । कोशी प्रदेश सरकारले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २० औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको सम्मेलन आयोजना गर्ने निर्णय लिएको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले कोशी प्रदेश सरकारको आयोजनामा […]
विराटनगर १२ असोज । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले सोमबार दिउँसो विभिन्न उमेर समूहका १७ महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, उच्छृंखल गतिविधि गर्ने तथा सर्वसाधारणलाई हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बसपार्क क्षेत्रमा […]
विराटनगर ११ असाेज । उराउँ समुदायले करम पूजा धुमधामका साथ मनाएका छन् । यो पूजाको अवसरमा विषेश गरेर उराउँ जातिका मानिसहरुले भाई–बहिनी बीचको आपसी सद्भाव, स्नेह माया प्रेम लगायत कृषि क्षेत्रमा प्रकृतिसंग राम्रो फसलका लागि र आफ्ना छोराछोरीहरु एवं परिवारका सदस्यहरुको दीर्घ जीवन र उन्नती प्रगतिको कामना गर्दछन । करम पूजा उराउँ जातिका मानिसहरुले भाद्र […]
विराटनगर, ११ असोज । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरीले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन समितिका अनुसार कार्कीको उम्मेदवारीमा भोजराज निरौला प्रस्तावक र पंकज घिमिरे समर्थक रहेका छन् । त्यस्तै, गिरीको उम्मेदवारीमा […]
विराटनगर, ११ असोज । उद्योगको उत्पादन लागत घटाउँदै उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता बढाउने वातावरण बनाउन उद्योग संगठन मोरङले सरकारसँग आग्रह गरेको छ । औद्योगिक क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधारसँगै कार्यान्वयन तहमा समेत प्रभावकारी पहल आवश्यक रहेको संगठनले जनाएको छ । उद्योग संगठन मोरङको कार्यसमिति र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहबीच भएको छलफलमा संगठनका […]