विराटनगर, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा […]
विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज विराटनगर १० मा सरसफाई गरिएको छ । विराटनगर १० को न्युरो अस्पताल आसपास, साई मार्ग लगायतको क्षेत्रमा सरसफाई गरिएको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो । सरसफाई कार्यक्रममा उपप्रमुख कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, वडाध्यक्षहरु, महानगरका कर्मचारी, […]
विराटनगर, २० भदौ । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो । राज्यका निकायहरु गम्भीर नहुँदा नेपालमा प्रत्येक वर्ष बाढी, पहिरोे, डुबान, आगलागी र भुकम्पजस्ता जलवायुजन्य संकटको जोखिम उच्च […]
विराटनगर, ५ असार । नेपाल स्काउट ७१ औं स्थापना दिवसको अवसरमा विराटनगर स्काउट समितिले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा परोपकारघाट विराटनगर वडा नं १ मा ७१ वटा विरुवा रोपिएका विराटनगर स्काउट समितिका सदस्य तुलसी घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगरका विभिन्न विद्यालयका करिब २०० स्काउट विद्यार्थी र विराटनगर ओपन ट्रुपका […]
विराटनगर, १७ जेठ । विराटनगरस्थित एयरपोर्ट रोडका डेढ दर्जन हरिया रुख काटेर सडक (रोड) ब्युटिफिकेसनको काम अघि बढाएको पाइएको छ । ब्युटिफिकेसनका नाममा वर्षौ लगाएर हुर्काइएका अशोक लगायत अन्य प्रजातिका हरिया रुख काटेर प्राकृतिक विनाश गर्न खोजिएको भन्दै विरोध सुरु भएको छ । जरैसित रुखहरु काटेर सडकको दक्षिण र उत्तरतर्फ अग्लाअग्ला फलामका खाँबाहरु गाड्ने काम […]