खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण विराटनगर ८ बाट शुरू

विराटनगर १४ असाेज । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द […]

नेपालका सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय : मुख्यमन्त्री कार्की

विराटनगर २५ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको बताउनुभएको छ । सामुदायिक वन दिवस २०८१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उहाँले सामुदायिक वन समूहहरूले वन संरक्षण र विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । कोशी प्रदेशमा ३ हजार ७११ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत […]

वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व : मुख्यमन्त्री कार्की

विराटनगर २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताउनु भएको छ । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उहाँले बताउनुभयो । विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनु भएको हो । […]

कक्षा ११ र १२ को कोर्षमा जोलोजिष्टको गुनासो

विराटनगर, जेठ १५। माध्यमिक शिक्षा कक्षा ११ र १२ दुबैको कोर्षमा जोलोजी विषयमा विषयवस्तुको चयन नमिलेको र परीक्षा पद्धतिमा वैज्ञानिकता नभएको सम्बन्धित विषयका विज्ञहरुले बताएका छन् । विराटनगरमा मङ्गलबार नेपालजोलोजिकल सोसाइटी(नेजोस) कोशी प्रदेश समिति र डिग्री क्याम्पसले संयुक्त रुपमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागी विज्ञहरुले त्यस्तो बताएकाहुन् । प्राडा दामोदर थापाले कक्षा ११ र १२ […]

विराटनगर महानगरद्वारा माछा–मासु पसलको अनुगमन

विराटनगर २३ वैशाख । विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको […]