विराटनगर २३ फागुन । मोरङ क्षेत्र नं. ५ बाट राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष तथा निवर्तमान सांसद योगेन्द्र मण्डल सहित १८ उम्मेदवारको जमानत जफत भएको छ । गत विहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ५ बाट ७८ हजार ४४९ मत खसेको थियो । ७ हजार ८८९ मत बदर भएको छ । कुल बदर मतको १० प्रतिशत […]
विराटनगर २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले चार वर्षमा तीन पराजय भोगेका छन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा विना प्रतिष्पर्धा महामन्त्री बनेका उनी २०७८ को पार्टीको प्रदेश अधिवेशन देखि विहीबार सम्पन्न प्रतिनिधिसभा सम्मको अवधिमा तीनवटा प्रतिष्पर्धामा उत्रिएका घिमिरे तीनवटैमा पराजित भएका छन् । ०७८ मंसिरमा भएको पार्टीको प्रदेश अधिवेशनमा उद्धव थापासँग २ […]
विराटनगर २२ फागुन । ताप्लेजुङमा मतगणनाका विषयमा विवाद उत्पन्न भएको छ । निर्वाचनमा धाँधली भएको भन्दै रास्वपाले उजुरी हालेपछि मतगणनामा अन्यौल उत्पन्न भएको हो । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४, लिङतेपस्थित मतदान केन्द्रमा अस्वाभाविक मतदान भएको भन्दै रास्वपाले धाँधलीको आरोप लगाएको हो । रास्वपाका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले उक्त केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै मुख्य निर्वाचन […]
विराटनगर २२ फागुन । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए । उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मतगणना स्थलबाट खाना […]
विराटनगर २१ फागुन । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा. शेखर कोइरालाले निर्वाचन पछि सवै दल मिलेर देश बनाउनुपर्ने बताउनु भएको छ । देशमा नयाँ र पुरानो पार्टी भन्ने नभएका भन्दै उहाँले सवै दल देश बनाउनका लागि एक हुनुपर्नेमा जोड दिनुभयो । विराटनगर ७ स्थित आदर्श मावि मतदान केन्द्रमा मत […]