कोशी प्रदेश : १६ औँ राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई नगदसहित सम्मान

विराटनगर ३१ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्डमा २८ पदक जित्न सफल प्रदेशका २७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ। आज विराटनगरमा सम्पन्न सम्मान कार्यक्रममा बोर्डले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल २७ खेलाडीलाई नगदसहित सम्मान गरेको हो। बोर्डका सदस्य सचिव विप्लव घोषले […]

‘यूवा उत्तरदायी बजेटिङ’ लागू गर्न माग

विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना […]

कांग्रेस वलियो भए मात्र लोकतन्त्र वलियो : डा. कोइराला

विराटनगर २९ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना तालीमको आज उद्घाटन गर्दै उहाले पार्टीलाई वलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजवुत हुने धारणा राख्नुभयो । नेता डा. कोइरालाले कांग्रेसको विशेष […]

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई विजयी

विराटनगर २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम प्रादेशिक अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित हुनु भएको छ । मोरङको विराटचोकमा सम्पन्न अधिवेशनमा आफ्ना तीन प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै राई प्रदेश नेतृत्वमा चुनिनु भएको हो । निर्वाचन समितिको अन्तिम मतपरिणाम अनुसार, सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये चन्द्र राईले २८० मत […]

एभरेष्ट कलेज विराटनगरद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर २७ जेठ । एभरेष्ट कलेज विराटनगरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराउनुभएको थियो । उहाँले कक्षा ११ र १२ भनेको उच्च शिक्षाका लागि एउटा महत्वपूर्ण खुट्किलो रहेको […]