यु १९ राष्ट्रिय क्रिकेटमा बागमती र लुम्बिनी विजयी

विराटनगर १२ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भयो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले […]

यू–१९ राष्ट्रिय पुरुष क्रिकेट : गण्डकी र मधेस विजयी

विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो । टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश […]

खेलकुद बोर्डका सदस्य सचिव बस्नेतद्वारा पाँचथर जिल्लाका खेलकुद संरचनाको अनुगमन

विराटनगर ११ कात्तिक । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले (पर्शुराम) पाँचथर जिल्ला स्थित रंगशालामा निर्मित प्याराफिट लगायत संरचनाको अनुगमन गर्नु भएको  छ । आज बस्नेतले प्याराफिट , रंगशाला बाहिर निर्माणाधीन सटरहरू लगायत जिल्ला खेलकुद विकास समितिको भवन निर्माण स्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको हो । खेलकुद विकास बोर्डका कार्यलय प्रमुख […]

विराटनगर १० नम्बर वडाद्वारा कर्मचारी सम्मानसँगै भवनको उद्घाटन

विराटनगर ११ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ । वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कामत […]

कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई मुख्यमन्त्रीको आग्रह

विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको […]