विराटनगर ४ चैत । भोजपुरको भोजपुर नगरपालिका–१२ पारपानीमा सोमबार अपरान्ह आज आगलागी भएको छ । सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेको छ । वनबाट बस्ती छिरेको आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन् । कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर […]
विराटनगर ३ चैत । काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले नेपाली मिडिया कमजाेर भए लाेकतन्त्र कमजाेर हुने बताउनु भएकाे छ । विराटनगरमा आज नेपाल पत्रकार महासंघ काेशी प्रदेशले आयोजना गरेकाे सञ्चार माध्यमकाे सवलीकरणमा स्थानीय सरकारकाे भूमिका विषयक कार्यक्रममा मन्त्री भण्डारीले साे कुरा बताउनु भएकाे हाे । उहाँले मिडिया कमजाेर भए सुशासन […]
विराटनगर २ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताउनु भएको छ । स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उहाँको भनाइ छ । ‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन […]
विराटनगर २ चैत। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाधार नीति बनाएर विकास निर्माणलाई अगाडि बढाउन सके विकास दीर्घकालसम्म टिकाउ हुने बताउनुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमहरूसम्म तार्तम्य मिल्ने र यसले […]
विराटनगर २९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरू बीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताउनुभएको छ। आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर्ने उल्लेख गर्दै यस्ता […]