विराटनगर ९ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसुति तथा बालरोग अस्पताल भवनकाे शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। हाम्रो देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन […]
विराटनगर ८ साउन । समुदायका लागि चिकित्सक संस्था काठमाण्डौँले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । संस्थाद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही साउन १० गते विराटनगरको महेन्द्र चोकमा संचालन हुने स्वास्थ्य शिविरमा प्रसुति तथा महिला रोग, हाडजोर्नी दन्त रोग, प्रयोगशाला परिक्षण आन्तरिक रोग लगायतका सेवा वरिष्ठ एवं दक्ष चिकित्सकहरुले प्रदान गर्नुहुने छ […]
विराटनगर ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका हुन् । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा […]
विराटनगर २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताउनु भएको छ । मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । आज झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट […]
विराटनगर २५ असार । उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले तीन बुँदे सहमति गरेको छ । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) लगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए । सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसिया सहभागी थिए । विभिन्न […]