बालबालिकाका लागि पर्याप्त लगानी पुगेन : मन्त्री राई

विराटनगर ४ मंसिर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बालबालिकाका लागि पर्याप्त लगानी पुग्न नसकेको स्वीकार गर्नु भएको छ । बालबालिकाको क्षेत्रका लागि जति लगानी आवस्यक छ, त्यो हुन नसकेको उहाँको भनाई छ । सिविन नेपाल विराटनगरको व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा ३६ औं अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजित […]

अर्किड कलेजको बक्तृत्वकलामा अनुष दाहाल प्रथम

विराटनगर ३ मंसिर । विराटनगरको अर्किड कलेजले अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर युवा पुस्तामा सामाजिक संजालको प्रभाव शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा अनुष दाहाल प्रथम भए भने सत्येन्द्र यादव दोस्रो र शिवकुमारसाह तेस्रो भए । निर्णायकमा प्राध्यापकहरु सन्तोष अधिकारी, विकास खड्का र बिद्या अधिकारी रहेका थिए । प्रतियोगितामा कक्षा ११ र १२ […]

इन्सेकद्वारा २१ सदस्यीय प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन

विराटनगर ३ मंसिर । महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्य र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार सवालमा पैरवी गर्न कोशी प्रदेशमा मंगलबार २१ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनमा विभिन्न क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू […]

पत्रकार सरदार सम्मानित

विराटनगर १ मंसिर । मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार नगदसहित सम्मानित हुनुभएको छ । विराटनगर स्थित लायन्स क्लव अफ विराटनगर ग्रिनसिटी र युनिकले आयोजना गरेको पदभार ग्रहण कार्यक्रमका बीच मकालुकर्मी सरदार आईतवार राती सम्मानीत हुनुभएको हो । क्लबले सरदारलाई संस्थाले आयोजना गर्दैआएको हरेक सामाजिक काममा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेको क्लबका अध्यक्ष श्यामलाल […]

विराटनगरको एभरेष्ट स्कुलमा वादविवाद कार्यशाला

विराटनगर ३० कात्तिक । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ । डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो । जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् […]