विराटनगर ३१ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्डमा २८ पदक जित्न सफल प्रदेशका २७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ। आज विराटनगरमा सम्पन्न सम्मान कार्यक्रममा बोर्डले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल २७ खेलाडीलाई नगदसहित सम्मान गरेको हो। बोर्डका सदस्य सचिव विप्लव घोषले […]
विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना […]
विराटनगर २९ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप नगर्ने भएको छ । कांग्रेसले पार्टी सदस्यतलाई डिजिटल बनाउन थालेको सदस्यता अद्यावधिक अभियान बिहीबार मध्यरातबाट सकिएको छ । यसअघि पटकपटक म्याद थप गरिएको भए पनि अब भने क्रियाशील सदस्यताका लागि थप समय उपलब्ध नगराउने कांग्रेसले जनाएको छ । यद्यपि चित्तबुझ्दो कारण देखाएर कसैले […]
विराटनगर २९ जेठ । मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ । उत्कृष्ट प्रदर्शन गरेका जुलियन क्विन्योनेसले ९ औं मिनेटमा प्रतियोगिताको पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । उनले पहिलो हाफमै अर्काे गोल गर्ने अवसर पनि सिर्जना गरेका थिए । यता, दोस्रो हाफ अन्तर्गत […]
विराटनगर २८ जेठ । विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल हुने छ । ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ । त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता […]