विराटनगर, १० जेठ । कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बिउ बरामद गरेको छ । मन्त्रालयका बालि विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको अनुगमन टोलीले शुक्रबार १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो । कृषि […]
विराटनगर ९ जेठ । विराटनगरका तीन वटा विद्यालयमा मानव बेचबिखन र बाल विवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा र माइती नेपाल मोरङको आयोजनामा मानव बेचबिखन तथा बाल विवाहविरुद्धको अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव बेचबिखन र बाल विवाहका खतरा, त्यसका कानुनी आयामहरू, रोकथामका उपायहरू लगायत विषयमा जानकारी दिईएको माईती […]
विराटनगर, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प […]
विराटनगर ३ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज आयोजना गरेकाे रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे छ । मदन-आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे । रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा माेरङ इन्चार्ज […]
विराटनगर, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । ‘राष्ट्रिय अर्थतन्त्र […]