विराटनगर, १८ वैशाख । जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास विराटनगर विमानस्थलमा आज गरिएको छ । जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरेको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः […]
विराटनगर, १८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धन दलहरु वीच तालमेलवाट कांग्रेस अध्याधिक स्थानमा विजयी भै पहिला स्थानमा आउने दावी गर्नु भयो । नेता निधिले गठबन्धनबाट मुलुकमा लोकतन्त्र र नेकां वलियो हुने दावी गर्दै […]
विराटनगर १७ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् । घरदैलो अभियानका क्रममा कोइरालाले विराटनगर वडा नम्बर १,३ र ४ का ज्येष्ठ नागरिकहरु समक्ष भेटघाट गरी आर्शिवादसमेत लिएका छन । कोइरालासँगको छलफलमा ज्येष्ठ नागरिकले आफूहरुकै घरदैलोमा मेयरका उमेदवार आउँदा खुसी लागेको बताउँदै आर्शिवाद समेत दिएका […]
उर्लाबारी, १७ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको उर्लाबारी ६ मा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका घनस्याम भण्डारीले वडामा निर्वाचित भए नमूना वडाका रुपमा विकास गर्ने बताएका छन् ।व्यवस्थित बसोबास, दीर्घकालिन योजना बनाई डे«न सहितको सडक कालोपत्रे, व्यवस्थित हाट बजार, नदी नियन्त्रण, गुणस्तरिय सेवा प्रदान लगायतका काम गरिने बताएका छन् […]
विराटनगर, १७ वैशाख । सशस्त्र प्रहरीले सुनसरीको भोक्राहानरसिंहबाट गएराति एक सय ४८ किलो गाँजा बरामद गरेको छ । ट्रकमा राखेर सुनसरीको बाटो हुँदै भारत लैजान खोजिएको लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिनु भयो । प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट गाँजा नियन्त्रणमा […]