महिलालाई प्रत्यक्ष निर्वाचनमा सुरक्षित सिटको व्यवस्था हुनुपर्छ : मन्त्री राजभण्डारी

विराटनगर, २४ फागुन । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । मन्त्रालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र आरक्षण क्षेत्र निर्धारण गर्न आफ्नो दलमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो […]

खेल क्षेत्रको विकासका लागि महानगर गम्भीर छ : मेयर कोइराला

विराटनगर २४ फागुन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको […]

राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक हुने

विराटनगर, २४ फागुन । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको छ । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ […]

अखिल क्रान्तिकारीद्धारा महेन्द्र मोरङमा उम्मेदवारी घोषणा

विराटनगर २४ फागुन । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो […]

झीलकुमारी स्मृति पत्रकारिता पुरस्कार सुवेदीलाई

विराटनगर २२ फागुन । झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार विनोद सुवेदी पुरस्कृत भएका छन् । नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषले आइतबार मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको सरस्वती माविमा आयोजित कार्यक्रममा झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो । वरिष्ठ पत्रकार शंकर लुइँटेलले आमा झीलकुमारी लुइँटेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारका राशि ११ हजार रुपैयाँ रहेको […]