विराटनगर ९ जेठ । विराटनगरका तीन वटा विद्यालयमा मानव बेचबिखन र बाल विवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा र माइती नेपाल मोरङको आयोजनामा मानव बेचबिखन तथा बाल विवाहविरुद्धको अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव बेचबिखन र बाल विवाहका खतरा, त्यसका कानुनी आयामहरू, रोकथामका उपायहरू लगायत विषयमा जानकारी दिईएको माईती […]
विराटनगर ९ जेठ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० […]
विराटनगर ९ जेठ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ देशव्यापी अभियानमा जुटेको नेकपा एकीकृत समाजवादीले यसअघि बुझाइएको मागपत्रबारे प्रधानमन्त्रीलाई पुनः स्मरणपत्र बुझाएको छ । एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्मरणपत्र बुझाएको छ । ‘हामीले यसअघि नै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, […]
विराटनगर, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प […]
विराटनगर, ४ जेठ । कोशी प्रदेश सभाको सातौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस भयो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सो अध्यादेश प्रस्ताव गर्दै सदन नचलेको अवस्थामा सरकारको कामकाज आएको समस्यालाई निराकरण आठ वटा विधेयक अध्यादेशबाट ल्याएको जानकारी दिनुभयो । उहाँले जनताको […]