स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया

पथरीशनिश्चरे ५ कात्तिक । पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । आज कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजनामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम भएको हो । कार्यक्रममा कोशी प्रदेश सभा एवं सचिवालयको वर्तमान संरचना […]

विराटनगर जुट मिल्स सहित ८ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरु

विराटनगर ५ कात्तिक । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद […]

कोशी प्रदेशबाट ४४ जनाको उद्धार

विराटनगर २ कात्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४ दिनको अवधिमा ४४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सडकमा कष्टकर जीवन बिताइरहेकालाई मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा उद्धार गरिरहेको हो । आश्रम र फाउण्डेसनले ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस सडकपेटी’मा भन्ने मूल नाराका साथ मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा […]

सञ्चारकर्मी सञ्चार सहकारीद्धारा १३ प्रतिशत लाभांश वितरण

विराटनगर २ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेड विराटनगरले १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सहकारीको आज विराटनगरमा सम्पन्न १३ औं बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०–०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । ११८ जना सञ्चारकर्मी सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०८०–०८१ सम्म शेयर पूँजी २४ लाख ३५ […]

कोशी सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक, स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकता दिईने

विराटनगर १ कात्तिक । कोशी प्रदेश सरकारको सेवा एउटै क्षेत्रबाट गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने भएको छ । प्रदेशको स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र विभाग एवम् प्रदेशसभा समेतका कामकारवाहीलाई एउटै क्षेत्रबाट सुचारू गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने नीति प्रदेश सरकारले लिने भएको हो । प्राकृतिक तथा […]