प्रेस चौतारीको अध्यक्षमा पाण्डे ( निर्वाचितको नामावली सहित)

विराटनगर १२ चैत । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ । निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो । निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र […]

टि–२० क्रिकेट प्रतियोगिता : उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर ११ चैत । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर १९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त […]

प्रेस चौतारी महाधिवेशन : निर्वाचन माग्दै प्रतिनिधिले सुरु गरे हस्ताक्षर संकलन

विराटनगर ११ चैत । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नेतृत्वका लागि मतदान हुनुपर्ने मागसहित हस्ताक्षर संकलन अभियान सुरु भएको छ । आजबाट सुरु महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा नेकपा एमाले पार्टी नेतृत्वले हस्तक्षेप गर्दै गणेश पाण्डेलाई बनाउन निर्देशन दिएपछि प्रतिनिधिले निर्वाचनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन् । प्रेस […]

कोशी सरकारले बाँड्दैछ २ हजार ५ सय व्यक्तिलाई १३ करोड सहायता

विराटनगर ८ चैत । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपचार सहायता सहायता रकम बाड्न सुरु गरेको छ । दुई वर्षदेखि रोकिएको उपचार सहायता रकम आजदेखि बाड्न सुरु गरेको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार २ हजार ५ सय ५६ जनाले उपचार सहायता रकम प्राप्त गर्नेछन् […]

घरेलु उद्योगका कपडाको प्रवद्र्धनका लागि आवस्यक नीति निर्माण गर्छौं : मुख्यमन्त्री कार्की

विराटनगर ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवद्र्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने आवश्यक नीति निर्माण गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरको जैन भवन आजदेखि आयोजित तीन दिने ढाका महोत्सव –२०८१ को उद्घाटन गर्दै […]