कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति

विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ […]

बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

विराटनगर १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब […]

सहकारी अपचलनकर्तालाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पार्नु भएको छ । शनिबार विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री […]

खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन

खोटाङ, १० जेठ । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका  हुन । खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त सडक पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको […]

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी

विराटनगर, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । ‘राष्ट्रिय अर्थतन्त्र […]