प्रहरीले भन्यो–अंशु हत्याको कारण यौन उद्देश्य, पारिवारिक विवाद र प्रतिशोध

विराटनगर २१ मंसिर । मोरङ प्रहरीले दुई महिनापछि लेटाङ २ फडानीकी १२ बर्षीया अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले गौतमका छिमेकी ५९ बर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार घरबाटै पक्राउ गरि आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । लामो अनुसन्धानपछि प्रहरी हत्यमा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको थियो […]

जेनजी आन्दोलनका क्रममा आपराधिक कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै एमाले मोरङद्धारा प्रहरीमा जाहेरी

विराटनगर १९ मंसिर । नेकपा एमाले मोरङले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरुले आज सामुहिक रुपमा जाहेरी दिएका हुन । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र […]

मोरङ लेटाङकी १३ बर्षीया गौतमको शव बीभत्स अवस्थामा फेला

विराटनगर ८ असोज । मोरङ लेटाङ २ स्कुल चोककी १३ बर्षीया बालिका अंशु गौतमको शव बीभत्स अवस्थामा फेला छ । २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् । लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित […]

विपिनको शव परिवारलाई जिम्मा लगाइयो, आज दाहसंस्कार गरिने

विराटनगर ४ कात्तिक । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । सोमबार दिउँसो उनको शव नेपाल ल्याइएको थियो । […]

सुन तस्करीका आरोपित पूर्वसभामुख महरा पक्राउ

विराटनगर २६ असोज । सुन तस्करीका आरोपित पूर्वसभामुख माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो । गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो । चिनियाँ संगठित […]