रास्वपा सभापति रवि भारत जाँदै

विराटनगर ६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् ।

उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।