विराटनगर ११ भदौ । तेली कल्याण समाज नेपाल मोरङअन्तर्गत तेली महिला समितिको तदर्थ समिति गठन गरिएको छ । महिला समितिलाई थप संगठित, सशक्त र गतिशील बनाउँदै समुदायका महिलाको सहभागिता र नेतृत्व विकास गर्ने उद्देश्यले नयाँ तदर्थ समिति गठन गरिएको हो ।
गठित तदर्थ समितिको संयोजकमा सुनिता साह चयन हुनुभएको छ । साहको संयोजकत्वमा रहेको १२ सदस्यीय समितिको उपाध्यक्षमा सीता साह, सचिवमा ममता साह, सह–सचिवमा बबि साह र कोषाध्यक्षमा रिंकी साह चयन हुनुभएको छ । सदस्यहरूमा इन्दु कुमारी साह, सोमनी साह, मनिता साह, निर्मला साह, रिंकी कुमारी साह, उषा साह र मनिषा साह रहनुभएको छ ।
नवगठित समितिले तेली समुदायका महिलालाई संगठित गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा महिलाको सक्रिय सहभागिता बढाउने लक्ष्य लिएको जनाएको छ । समितिले महिला सशक्तीकरणसँगै समुदायमा आपसी एकता, सहकार्य र सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, नवगठित तेली महिला समितिको व्यवस्थापन तथा तेली कल्याण समाजको आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । बुधबार विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा तीज कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा तेली समुदायका महिला तथा अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।