मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ८ भदा‌ै । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गर्नु भएको छ ।

कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्। त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।

नेपाली काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । विपक्षमा २२ मत परेको छ । त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।उनीहरूले कतै पनि मतदन गरेनन।

जनता समावादीकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भईनन्। ९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् ।

आज ८३ सदस्य उपस्थित थिए ।