विराटनगर ६ भदौ । अरनिको कलेज विराटनगरले खुला कविता प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीको सिर्जनात्मक प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका ४२ सहभागी थिए ।
प्रतियोगितामा कक्षा ९ की विद्यार्थी आरोही ढकाल प्रथम भएकी छिन । अंशिका गिरी र सेन्डृना कार्की द्वितीय, प्रसिद्ध पोखरेल र कनक कायस्थ तृतीय तथा अन्वेषा घले सान्तवना भएका छन् ।
कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार भरत गुरागाई ‘बर्बरिक’ र साहित्यकार अम्बिका खरेल सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट रचना छनोट गरेको थियो । विजयी प्रतिस्पर्धीहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका थिए ।
कक्षा १२ विद्यार्थी प्रस्तुति पराजुलीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक विमल भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा कलेजका निर्देशक भरतराज दाहाल, डा. भविन्द्र निरौला, कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।