विराटनगर २१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल उद्योग परिसंघद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले महिला उद्यमीलाई प्रदेश सरकारले दुई देखि छ वर्षसम्म व्याज अनुदानमा १२ बैकमार्फत छ प्रतिशत व्याजमा कर्जा उपलव्ध गराउने व्यवस्था गराएको जानकारी दिनु भयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अगाडि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशका दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवद्र्धन गर्न प्रदेश सरकार अन्तर्गत चार हजार कर्मचारीहरुले वृद्धि हुने पोशाक भत्ताले हप्तामा एक दिन घरेलु कपडा लगाउनु पर्नेमा बताउनु भयो । उहाँले व्यापारीहरुले प्रदर्शनीस्थलको लागि जग्गा उपलव्ध गराएमा प्रदेश सरकारले भवन निर्माणमा रकमको छुट्याउने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्र्झाता भएका अहिले एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार बटा कार्यान्वयन आउने भएको बताउनुभयो । उहाँले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदुषि राणा, पवल गोल्यान लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलव्ध गराउने बताउनु भएको छ ।
सम्मेलनमा कोशी प्रदेशका तीन सय महिलाहरुको सहभागिता रहेको । परिसंघले मेक इन नेपालको १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रदर्शनी गरिएको छ । सम्मेलनले महिलालाई कृषि,सीप,सिर्जनशिलता र डिजिटल नव प्रवद्र्धन मार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।