विराटनगर १० मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेशस्तरीय टेबल टेनिस छनोट प्रतियोगिताको मेन्स सिंगल्सतर्फ भोजपुरले ऐतिहासिक स्वर्ण पदक जितेको छ ।
भोजपुरका नामसाम राईले फाइनलमा सुनसरीका गौतम तामाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यससँगै भोजपुरले पुरुष एकलतर्फ पहिलोपटक स्वर्ण पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा मोरङका मनिष खरेल र सुनसरीका गणेश तामाङ संयुक्त रूपमा तेस्रो भए । पाँचौँ स्थानका लागि भएको छनोटमा मोरङका सुशान्त मेहता छनोट भएका छन् ।
त्यस्तै, वुमेन्स सिंगल्सतर्फ मोरङकी समृद्धि लुइटेलले स्वर्ण पदक जितेकी छन् । उनले फाइनलमा इलामकी अनन्या कार्कीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो स्थान हासिल गरिन् ।
महिला एकलतर्फ सुनसरीकी सुधा पोखरेल र मोरङकी स्वस्तिका चौधरी संयुक्त रूपमा तेस्रो भए । पाँचौँ स्थानका लागि मोरङकी टोनिश्मा पोखरेल छनोट हुन सफल भइन् ।
छनाेट प्रतियोगितामा उपाधी विजेता खेलाडीहरूले काेशी प्रदेश खेलकुद विकास बाेर्डका उपाध्यक्ष सन्ताेषी श्रेष्ठ, टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष तथा काेशी प्रदेश छनाेट समिति संयाेजक अनुज बाँनिया लगायतले पुरस्कार वितरण गर्नु भएको थियाे ।
कोशी प्रदेशबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष तथा काेशी प्रदेश छनाेट समिति संयाेजक अनुज बाँनियाले जानकारी दिनुभयाे ।
छनाेट प्रतियोगिताकाे उद्घाटन मंगलबार प्रदेश खेलकुद विकास बाेर्डका सदस्य सचिव विप्लव घाेषले गर्नु भएकाे थियाे ।