विराटनगरका ४७ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिदै

विराटनगर ८ मंसिर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका ४७ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरपालिकाले रिक्त रहेका तथा बहालवाला प्रधानाध्यापकको पदावधि सकिन एक महिना बाँकी रहेका १६ वटा मावि र ३१ वटा आधारभूत विद्यालयमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

मावि तर्फ विराट महेन्द्र रात्री मावि, पोखरिया मावि, दीपज्योति मावि, जनता मावि , गोग्राहा मावि, विराट वहिरा मावि , शिक्षा सदन मावि , आदर्श बालिका मावि, सत्यनारायण मावि, गायत्री संस्कृत मावि, सरस्वती मावि , जनपथ मावि , बाल मावि रानी, बाल मावि जतुवा, जनविकास मावि, सार्वजनिक मावि मा प्रधानाध्यापक पद रिक्त रहेको छ ।

आधारभूत विद्यालय तर्फ शिव आवि, सयपत्री परोपकार आवि, शंकरपुर आवि, सहिद आवि, मदननगर आवि, ज्योति आवि, श्री आधारभूत विद्यालय, सिद्धकाली आवि, जनचेतना आवि, बाल मन्दिर आवि, सत्यनारायण आवि, ज्ञान निकुञ्ज आवि, सुशिक्षा निकुञ्ज आवि, भानु मोरङ आवि, आदर्श आवि,नारायण आवि, अरुणोदय आवि, जनता आवि दरैया, जनता बाल कल्याण आवि, जनता बाल आवि, विष्णु आवि, विद्याविकास आवि, महामाया भगवती आवि, रघुपति आवि, जनता आवि खोक्साहा, राम आवि, विराट आवि, दिघी आवि, पञ्चकन्या आवि, शिवजी आवि र जागृति आधारभूत विद्यालयमा खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्ती गरिदै छ ।

नगर शिक्षा समितिको निर्णयअनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी उपनियम ६ अनुसार नियुक्ति हुन नसकी रिक्त रहेका पदमा नयाँ नियुक्तिका लागि आवेदन माग गरिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङेलले जारीगरेको सूचनामा उल्लेख छ ।

प्रधानाध्यापकको पदावधि समाप्त हुन एक महिना बाँकी रहेका विद्यालयमा समेत नयाँ प्रधानाध्यापक नियुक्तिका लागि प्रतिस्पर्धा गराइनेछ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर २३ गतेसम्म महानगरपालिकाले तोकेको प्रक्रिया पूरा गरी दरखास्त दिन सक्ने जनाईएको छ ।

महानगरपालिकाले खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्न लागेको हो । यस प्रक्रियाबाट नगर क्षेत्रका सामुदायिक विद्यालयको प्रधानाध्यापक चयन गरिने बताईएको छ ।