भोटेकोशी बाढीले २२ वटा पक्की पुल, ५ वटा बेलिब्रिज बगायो : सडक विभाग

विराटनगर १० भदौ । भोटेकोशीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका २२ वटा पक्की पुल बगाएको छ ।

रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा २२ वटा पक्की पुल, ५ वटा बेलीब्रिज बगाएको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यौपानेले बताउनुभयो ।

त्रिशूली, बेत्रावती, तादी खोला, गल्छीलगायतका पक्की पुल बगाएको उहाँले बताउनुभयो ।