आँगन स्वीटलाई ३ दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन

विराटनगर २२ चैत । मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय […]

घरेलु टिम मिल्स र नरपथगन्ज क्लब विजयी

विराटनगर २१ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको […]

विराटनगरको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

विराटनगर २० चैत । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ ।  महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार थापा सम्मानित

विराटनगर २० चैत । सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिले सोमबार सुन्दर हरैचाको विराट चौकमा गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नगद ११ हजार १ सय नगद सहित पत्रकार थापालाई सम्मान […]

विराटनगरमा पनि मनाईयो अटिजम दिवस

विराटनगर २० चैत । १६ औ विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरि विराटनगरमा पनि मनाईएको छ । अटिजम केयर सोसाइटी र राउण्ड टेवल विराटनगरको सहकार्यमा शनिबार साँझ अटिजमको बिषयमा जनचेतना जगाउने उद्देश्यले विराटनगरस्थित सेन्ट्रल मलको प्राङगणमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अटिजम केयर सोसाइटी विराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाले अटिजम भएका व्यक्तिहरुको अधिकार […]