प्रदेश निजामती सेवा अध्यादेश जारी गर्ने निर्णय

विराटनगर, ११ असोज । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, […]

बेलबारीमा प्रहरीको नवनिर्मित भवन उद्घाटन

विराटनगर, ११ असोज । मोरङको बेलबारीमा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको भवन २ करोड २९ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नु भएको छ । जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको प्रहरी […]

सकारात्मक अभिभावकत्व तथा अन्तरपुस्ता तालिम सम्पन्न

विराटनगर १० असोज । सकारात्मकअभिभावकत्व तथा अन्तरपुस्ता तालिम आज विराटनगरमा सम्पन्न भएको छ ।साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सामुदायिक सहजकर्ताहरुको लागि ५ दिने तालिम आज सम्पन्न भएको हो । बालअधिकार र बाल संरक्षणको बारेमा जानकारी दिने, सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता संवादको निर्देशिकाको ब्यवहारीक अभ्यास तथा सिप र दक्षताको […]

मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त

विराटनगर, १० असोज । प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आईतबार मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आईतबार प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन […]

माईती नेपालद्धारा मानव बेचविखन नियन्त्रणका लागि वडास्तरिय सञ्जाल गठन

विराटनगर १० असोज । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि वडास्तरिय सञ्जाल गठन गरेको छ ।विराटनगर १३ मा कुन्ती यादवको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । सञ्जालकोसदस्यहरुमा रिया यादव, मेलिशा खड्का, गिता ओझा, रिता कुमारी शाह, पिंकी यादव र रेनुका महतो रहेको माईती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष सूर्यलाल […]