प्रदेश १ को नामकरण चालु अधिवेशनबाटै गर्न दलहरुवीच सहमति

विराटनगर, ६ साउन । प्रदेश १ को नामकरण चालु अधिवेशनबाटै गर्न दलहरुवीच सहमति भएको छ । शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीको सहजीकरणमा बसेको सर्वदलीय वैठकमा सहभागी दलका नेताहरुवीच संसदको चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले बताएका छन् । सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको सभामुख भण्डारीले बताउनुभयो । दलहरुवीच घनिभुत छलफल जारी राख्ने सहमति […]

कसैले चाहँदैमा एमाले एक्लिँदैन : पोखरेल

विराटनगर, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने बताउनु भएको छ । प्रेस चौतारी प्रदेश १ ले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गर्नु भयो । स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी […]

कांग्रेसले साथ दिए आधा घण्टामै प्रदेशको नामाकरण- पूर्वमुख्यमन्त्री राई

विराटनगर, २ असार । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाली कांग्रेसले सहयोग गरेमा प्रदेश १ को नामाकरण आधा घण्टामै टुङ्गो लाग्ने बताउनुभएको छ । आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुङ्ग्याउने राईले बताउनुभयो । आफ्नो कार्यकालमा पार्टीभित्रको आन्तरिक समस्याले नाम […]

काङ्ग्रेस सुन्दहरैचाको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी

विराटनगर, १ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टी नेतृत्वकै अन्तर्घातका कारण पराजय बेहोर्नु परेको भन्दै मोरङको सुन्दरहरैँचास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ । निर्वाचनको परिणामलाई लिएर आक्रोसित एवं असन्तुष्ट बनेको समूहले हिजो साँझ पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरेको हो । काङ्ग्रेस नगर समितिको नियमित बैठकसमेत भाँडिएको […]

बजेट अधिवेशनबाटै प्रदेश १ को नाम टुंग्याउने कांग्रेसको निर्णय

विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि […]