डा. कोइरालासँग ‘पोलिटिकल’ कुरा भयो : एमाले अध्यक्ष ओली

विराटनगर, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताउनु भएको छ । उहाँले हामीवीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताउनुभयो । एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश १ स्तरिय प्रशिक्षणमा विराटनगर आउनु भएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताउनु भएको हो । […]

मोरङ ५ बाट उपेन्द्र यादव सहित ५ जनाको नाम सिफारिस

विराटनगर, १६ भदौ । जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्वर ५ बाट सिफारिस गरेको छ । उम्मेदवार सिफारिस समितिको आज बसेको बैठकले केन्द्रीय अध्यक्ष यादव सहित मोरङ ५ बाट प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र नन्है मियाँको नाम सिफारिस गरिएको जसपा मोरङका कार्यकारिणी सदस्य […]

मोरङमा उम्मेदवार छनोट र सिफारिसमा जुट्यो एमाले

विराटनगर, १३ भदौ । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) मोरङ उम्मेदवार छनोट र सिफारिसमा जुटेको छ । निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजकसहितको एमाले मोरङका पदाधिकारीको आज बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका बारेमा पनि छलफल गरेको छ । साथै पार्टीका तर्फबाट विधिसम्वत रूपमा उम्मेदवार छनोट र सिफारिस […]

माओवादी प्रदेश १ को बैठक : सांसद भइसकेकालाई समानुपातिकमा सिफारिस नगर्न निर्देशन

विराटनगर, १३ भदौ । नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको […]

सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर, १२ भदौ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट […]