‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित

विराटनगर, २२ साउन । जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित भएका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या ६३७ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई/गोरु ६३५ र भैसी/राँगा दुईवटा रहेकाछन् । लामो […]

कोशी प्रदेशबाट सवैभन्दा बढी कफी निर्यात गर्ने छौं : मन्त्री मगर

विराटनगर १९ साउन । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेशबाट सवैभन्दा बढी कफी निर्यात गर्ने गरि सरकारले काम गरिरहेको बताउनु भएको छ । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशले सवै भन्दा बढी कफी निर्यात गर्ने उहाँको दावी छ । सोमबार मोरङ चेम्वर अफ कमर्सको छैठौं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन […]

कोशी प्रदेश : ८१ प्रतिशत वित्तीय प्रगति, ७.६ प्रतिशतले राजस्व वृद्धि

विराटनगर ११ साउन । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले यी पहलहरूले संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको जनाएको छ । […]

एनवाईईएफ विराटनगरद्वारा संघीय उद्योगमन्त्री भण्डारीकाे ध्यानाकर्षण

विराटनगर, ४ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा शनिबार काठमाडौं पुगेको टोलीले उद्यमीका समस्या र सुझावसहितको ज्ञापनपत्र मन्त्री भण्डारीलाई हस्तान्तरण गरेको  हो । ज्ञापनपत्रमा नेपालको आर्थिक विकासमा टेवा पुर्याउँदै रोजगारीका अवसर सृजना […]

पत्रकार ढुङ्गानाद्वारा अनुवादित ‘उद्यमशीलता: एक परिचय’ विमोचन

विराटनगर २ साउन। बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप’ को नेपाली अनुवाद ‘उद्यमशीलता: एक परिचय’को विमोचन गरिएको छ । आज विराटनगरमा उद्यमशीलता केन्द्रित विमर्श गर्दै उक्त किताब विमोचन गरिएको हो । पत्रकार तथा लेखक निशान्त ढुङ्गानाले किताबको नेपाली भाषामा अनुवाद गर्नु भएको हो। किताब विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनिष झाले […]