विराट गोल्डकप चैत ९ देखि, दुई विदेशी सहित ८ टिम सहभागी हुने

विराटनगर ६ चैत । आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत १६ गते सम्म स्थानीय शहिद रंगशालामा हुनेमा रात्रीकालिन प्रतियोगिताका लागि मैदान मर्मत तथा प्याराफिट लगायतका कामहरु सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लव सहित भारत र भुटानको […]

उद्योग संगठन मोरङद्धारा आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालय समक्ष सुझाव पेश

विराटनगर ५ चैत । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि उद्योग संगठन मोरङले अर्थ मन्त्रालय समक्ष विभिन्न सुझावहरु दिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले अर्थ मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई भेटी सो सुझावहरु प्रस्तुत गर्नुभएको हो । अध्यक्ष प्याकुरेलले निर्यात प्रवर्धनका लागि प्रकृयागत जटिलता सरलिकरण, स्वदेशी […]

दशनामीलाई आदिवासी जातीमा सूचीकरण गर्न माग

विराटनगर ५ चैत । नेपाल दश नामी समाजले दश नामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी सन्यासी समुदायलाई राष्ट्रिय समावेशी आयोग मार्फत थर सूचीकरण गर्न पनि माग गरेको हो । यस्तै दशनामी जातिसँग […]

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

विराटनगर ४ चैत । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा […]

विराटनगरमा तीन दिने नेपाल–भारत साहित्य महोत्सव सुरु

विराटनगर ४ चैत । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य एकाडेमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । होत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ […]