मोन्था चक्रवातका कारण कोशी प्रदेशमा धान र तरकारी बालिमा २ अर्बको क्षति

विराटनगर १९ कात्तिक । मोन्था चक्रवातका कारण यही कात्तिक १३ देखि १६ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरका अनुशार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७.२६ मेट्रिक टन धान […]

माेरङ जहदा गाउँपालिकाद्वारा २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द

विराटनगर १७ कात्तिक । मोरङ जहदा गाउँपालिकाले करार दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरिएको छ । पालिकामा करार दरबन्दी र करार तथा ज्यालादारी ६६ कार्यरत जना कर्मचारीहरु मध्येय २० जान कर्मचारीहरुको सम्झौता कात्र्तिक १६ गतेदेखि रद्द गरिएको हो । जेनजी आन्दोलन पश्चात नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८२ असोज ५ को […]

मिटरव्याज विरुद्ध विराटनगरमा प्रर्दशन

विराटनगर १६ कात्तिक । मिटरव्याज विरुद्ध आज विराटनगरमा प्रर्दशन गरिएको छ । मिटर व्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडीबाट शुरु गरेको प्रर्दशन जिल्ला अदालत, कोशी अस्पताल हुँदै पुन : जिल्ला प्रशासन कार्यालय अगाडी आएर धर्ना दिएका थिए । वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, भूमि अधिकार आन्दोलन नेपाल र श्रमिक फोर्स नेपालले आयोजना […]

जेनजी आन्दोलन : कोशी प्रदेशमा ७७ करोडको क्षति

विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले […]

सञ्चारकर्मी सञ्चार सहकारीले ९ प्रतिशत बोनस वितरण गर्ने

विराटनगर १४ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले शेयर सदस्यलाई ९ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सहकारीको १४ औं बार्षिक साधारणसभाका अवसरमा अध्यक्ष दीपक दाहालले प्रस्तुत गरिएको ९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको हो । सहकारीले यसअघि १३ प्रतिशत बोनस वितरण गरेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीमा […]