सरस्वती मावि झोराहाटका विद्यार्थीलाई माईती नेपाल विराटनगरको सचेतनामुलक कार्यक्रम

विराटनगर ११ पुस । माईती नेपाल विराटनगरले आज मोरङ ग्रामथानको सरस्वती माविका कक्षा ११ र १२ विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रम गरेको छ । विद्यार्थीलाई बाल संरक्षण, अनलाइन यौन शोषण, यौन तथा प्रजनन स्वास्थ्य तथा ट्रमा–संवेदनशील हेरचाह जस्ता अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयहरूमा विद्यालयस्तरमै सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी […]

विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो […]

विराटनगरमा मंसिर १९ देखि १५ औं प्याब्सन स्पोर्ट्स मिट हुने

विराटनगर १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ गतेदेखि १५ औं प्याब्सन स्पोर्टस् मिट शुरु हुने भएको छ । मंसिर २१ गते सम्म तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोर्टस् मिटमा २३५ विद्यालयका ३ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुने छन् । प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार […]

बालबिवाह नियन्त्रणमा तीन वटै सरकार सम्वेदनशील हुनुपर्नेमा जोड

विराटनगर ७ मंसिर । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम पर्ने हुनाले रोकथामका लागि तीन तहको सरकार सम्वेदनशील हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आज विराटनगरमा आयाजित बालबिवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा प्रादेशिक राष्ट्रिय जाँच वुझ परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाहले किशोरीको अधिकार हनन् हुनुका साथै शैक्षिक क्षेत्रबाट […]

अर्किड मिनी म्याराथनको छात्र तर्फ मुकेश र छात्रा तर्फ शर्मिला प्रथम

विराटनगर १ मंसिर । अन्तरराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा अर्किड कलेज विराटनगरले आज विहान मिनि म्याराथन प्रतियोगिता आयोजना गरेको छ । संसारीमाईस्थान, ट्राफिक चोक, गोल्छा चोक, सिडियो कार्यालय, वीरेन्द्र सभागृह हस्पिटलचोक, जलजला चोक हुँदै म्याराथनका प्रतियोगीले ५ किलोमिटर दुरी पार गरेका थिए प्रतियोगितामा छात्र तर्फ मुकेश नुनियाँ प्रथम, प्रज्वल कार्की दोश्रो र सौरभकुमार सरदार तेश्रो भएका […]